पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९६२८ जनाको एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
९ हजार ६२८ जनामध्ये पिसिआर विधिबाट १२२३ र ५७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६६७ जना कोरोना निको भएर घर फर्केका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।
हाल देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आइसियूमा छन् भने १६५ जना भेन्टिलेटरमा रहेका छन् ।