जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने भएको छ । यससँगै देउवा सरकारको पक्षमा जसपा एकठाउँमा देखिएको छ ।
देउवाले पत्र लेखेर ठाकुरसँग विश्वासको मत मागेपछि ठाकुर पक्षका सांसदहरुले पनि विश्वासको मत दिने भएका हुन् । यससँगै, देउवाले सदनबाट विश्वासको मत पाउने पक्का भएको छ ।