समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण


समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ।अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो।

प्रजातान्त्रिक औद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोले लगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

समाजवादी ट्रेड युनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहाल सहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।


प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार

धेरै पढिएको

ताजा समाचार