नेपालमा अमेरिकी खोप : प्रधानमन्त्रीले गरे शुभारम्भ, क-कसले लगाउन पाउँछन् ?


अमेरिकाले दिएको जोनसन एण्ड जोनसन कोरोना खोप आजबाट लगाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर जोनसन एण्ड जोनसन शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाका ५५ वटा केन्द्रबाट जोनसनको खोप लगाउने व्यवस्था मिलाइएको छ ।

जोरपाटीपछि शिक्षण अस्पताल महाराजगन्ज, सामाखुसी पुगेर अहिले प्रधानमन्त्री देउवा कुपण्डोल जाँदै गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा आज उपत्यकाका विभिन्न खोप केन्द्र निरीक्षणका लागि निस्किएका हुन् ।

५० वर्ष देखि ५४ वर्ष उमेर समूहका कारोना खोपको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरुलाई यो खोप दिइने छ ।

पर्ण र अति अशक्त अपाङ्गता भएकाले पनि जोनसन एण्ड जोनसन खोप पाउने भएका छन् ।

त्यसैगरी हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई यो खाप लगाइने छ ।

साथै यसअघि प्राथमिकतामा परेका र खोप लगाउन छुटेकाले पनि खोप पाउने छन ।


प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार

धेरै पढिएको

ताजा समाचार