देशका विभिन्न १२ सडकखण्ड अवरुद्ध


देशमा मनसुन भित्रिएसँगै विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशका विभिन्न १२ सडकखण्ड अवरुद्ध भएका छन् ।

सडक विभागले विभिन्न १२ सडकखण्ड अवरुद्ध भएको जानकारी दिएको हो ।

विभागका अनुसार मनाङ, लमजुङ र तनहुँमा डुम्रे, बेशीसहर चामे, पर्वतमा पुष्पलाल मध्यपहाडी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा स्याफ्रुबेशी रसुवागढी सडकखण्ड अवरुद्ध भएका छन् ।

अहिले देशभर ६९ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

मनसुन भित्रिएसँगै सडकखण्ड अवरुद्ध भइरहँदा सवारी साधन अलपत्र पर्दै आइरहेका छ


प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार

धेरै पढिएको

ताजा समाचार