एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, पार्टी अनुशासन उल्लङ्घन गर्नेमाथि कारबाही हुने


प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पूर्व निर्धारित बैठक विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लङ्घनको कारवाही बारे छलफल हुने उहाँले बताए ।

एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरीत गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताए । उनका अनुसार यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

आजको बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको भए पनि बैठकमा आउने नआउनेबारे खबर नआएको उनले बताए ।

पार्टी एकतालाई सुदृढ बनाउने अभियान जारी रहेको भन्दै हिजो विघटित कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवालाई भोट नदिएर पार्टी एकताको पक्षमा रहेको सन्देश दिएका थिए ।

उपाध्यक्ष भीमबहादुर रावलले भने पदबाट नै राजिनामा दिएका थिए ।


प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार

धेरै पढिएको

ताजा समाचार