असारको अन्तिम साता वाणिज्य बैंकहरुले गरे रु. ८२ अर्ब निक्षेप संकलन, कर्जा लगानी कति ?


गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमण देखिएका छन्।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार गत आर्थिक वर्षको अन्तिम साता (असार २६ गतेदेखि असार ३१ गते) सम्म वाणिज्य बैंकहरुले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। असारको तेस्रो सातामा भने वाणिज्य बैंकहरुले ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

वाणिज्य बैंकहरुले असारको अन्तिम २ सातामै १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको एनबीएले जनाएको छ।

यसैगरी वाणिज्य बैंकहरुले असारको अन्तिम साता ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै गत आर्थिक वर्षको अन्तिम सातासम्म वाणिज्य बैंकको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।

असारको तेस्रो साता पनि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। असारको अन्तिम २ सातामा बैंकहरुले कुल ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।


प्रकाशित मिति : २०७८ श्रावण ४, सोमबार

धेरै पढिएको

ताजा समाचार