टेक्ससमा घर बिस्फोटन हुँदा ६ जना घाइते ,२ घरमा निकै क्षति


अमेरिकाको टेक्सस राज्यमा घर बिस्फोटन हुँदा ६ जना घाइते भएका छन् भने २ घरमा निकै क्षति पुगेको छ । टेक्सस राज्यको प्लानोमा उक्त दुर्घटना भएको प्लानो अग्नि नियन्त्रण उद्धार टोलीका सहायक डेनियल डालीले जानकारी गराएका छन् ।

डालीका अनुसार ३ जनालाई अस्पताल लागिएको बताए । उनका अनुसार एक घर धेरै नष्ट भएको बताए भने अन्य दुई घर कती क्षति भएका छन् भन्ने बारेमा अहिले पत्ता लागि नसकेको उनले जानकारी दिएका छन् ।

प्लानो अग्नि नियन्त्रण उद्धार टोलीले सामाजिक संजाल (ट्वीट)मार्फत के कारणले बिस्फोट भयो भन्ने बारेमा स्पष्ट नभै सकेको जनाएको समाचार सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।


प्रकाशित मिति : २०७८ श्रावण ५, मंगलवार

धेरै पढिएको

ताजा समाचार