मेरिल्याण्डमा पत्नीसंग झगडा हुँदा छुरा प्रहार गरि हत्या गर्ने पक्राउ


अमेरिकाको मेरिल्याण्ड राज्यमा छुरा प्रहार गरि आफ्नो पत्नीको हत्या गर्ने मानिसलाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार उनले छुरा प्रहार गरेको स्वीकार गरेका छन ।

गत आइतबार पत्नी संग झगडा/बहस हुँदा ५६ बर्षिय लुइस नोभोआले आफ्नी पत्नीलाई चक्कु हानेका थिए । प्रिन्स जर्ज काउन्टी अन्तर्गत ब्रेन्टवुड नजिक कोल्मार मानोर गल्लीमा आफ्नी ५० बर्षिय पत्नी फ्लोरेनटीना माल्ड़ोनाडोलाई छुरा प्रहार गरेका थिए ।

गत जुलाई १८ का दिन उक्त घटना घटे पछि उक्त घरमा बिहान १० :५५ मिनेटमा प्रहरी पुगेका थिए । पीडित चोटपटकको कारण छटपटाई रहेकी थिइन् भने उनको अस्पतालमा निधन भएको समाचार फक्सबाल्टिमोरले लेखेको छ ।


प्रकाशित मिति : २०७८ श्रावण ५, मंगलवार

धेरै पढिएको

ताजा समाचार