कोशी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट जडान कार्य शुरु भएको छ।
नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन(ब्ल्ःक् को रु १ करोड ७ लाख सहयोगमा अस्पतल परिसर भित्र अक्सिजन प्लान्ट निर्माण शुरु भएको हो।जडान प्लान्टबाट आगामी एक साता भित्रमा अक्सिजन उत्पादन हुने निर्माण कम्पनी डाइनोक्यामका महाप्रवन्धक विज्ञान अर्यालयले जानकारी दिएका छन्।
जडान प्लान्टले दैनिक दैनिक ९० देखि ११० सिलिण्डर अक्सिजन उत्पादन गर्ने बताइएको छ।
अस्पतालमा अहिले १५० सिलिण्डरको माग रहेको अस्पतालका सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताएका छन्। प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालमा खपत गर्ने उहाँले जानकारी दिनु भयो।अस्पतालले अहिले निजी उद्योगसँग अक्सिजन खरीद गर्दै आएको छ।