पत्रकार आचारसंहिता मातृभाषामा प्रकाशित


,काठमाडौँ प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ।

काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचार संहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ।

काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको बताइयो।

समाचार तथा तस्बिरः प्रेस काउन्सिल नेपाल


प्रकाशित मिति : २०७८ श्रावण ६, बुधबार

धेरै पढिएको

ताजा समाचार