पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१२ हजार ६१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
त्यस्तै सोही अवधिमा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।
आज कुल परीक्षणको २२ प्रतीशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।