मनसुनको न्यून चापीय रेखा तराई भू-भाग नजिक, वर्षा रोकिने छाँट देखिएन


मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान हाल देशभर सामान्यदेखि पुर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार भोलि र पर्सि दिउँसो तथा राति देशका विभिन्न भागमा मध्यदेखि भारी वर्षाको सम्भावना छ ।


प्रकाशित मिति : २०७८ श्रावण ७, बिहीबार

धेरै पढिएको

ताजा समाचार