कोरोना महामारीले अमेरिकीको औसत आयु २ वर्ष घट्यो


पछिल्लो २ वर्षमा अमेरिकीको औसत आयु घटेको एक अध्ययनले देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार सन २०१८ पछि २०२० सकिँदासम्म अमेरिकीको औसत आयु २ वर्ष घटेको हो ।

उक्त रिपोर्टले यसरी अमेरिकाको औसत आयु घट्नुमा कोरोना महामारीलाई मुख्य कारक मानेको छ ।

अथर भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कूल अफ मेडिसिनका स्टेभन वुल्फको टोलीले यसबारे अध्ययन गरेको हो । यो अध्ययन अमेरिकाको नेशनल सेन्टर फर हेल्थ स्टाटिक्सटिकको डाटामा आधारित भएर गरिएको हो ।

रिपोर्ट अनुसार सन २०१८ मा अमेरिकीको औसत आयु ७८.७ वर्ष थियो । यसको मतलब करिब ७९ वर्ष । तर,  २०२० मा आइपुग्दा अमेरिकीको औसत आयु ७६.९ भयो अर्थात करिब ७७ वर्ष ।

अमेरिकामा कोरोनाबाट महामारीका कारण ६ लाख भन्दा धेरैको ज्यान गएको छ । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको अव्यवस्थाले पनि कम उमेरमै मृत्यु हुनेको संख्या बढेको दावी अध्ययनले गरेको छ ।

दोस्रो विश्वयुद्ध पछि अर्थात ८ दशकपछि पहिलो पटक अमेरिकाका औषस आयुमा यति धेरै गिरावट आएको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार गोरा भन्दा काला तथा ल्याटिन अमेरिकी मूलका अमेरिकीको औसत आयु धेरै घटेको छ ।


प्रकाशित मिति : २०७८ श्रावण ७, बिहीबार

धेरै पढिएको

ताजा समाचार