नहरले बगाउँदा दुई किशोरको मृत्यु


चितवनमा नहरमा डुबेर दुई किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अकिंत जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार कार्यालय चितवनका अनुसार क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अकिंत पनि बगेका हुन् । यो बुधबार दिउँसो ४ बजे तिरको घटना हो ।

नहरमा बगेका उनीहरुलाई करिब २०० मिटर परबाट प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : २०७८ श्रावण ७, बिहीबार

धेरै पढिएको

ताजा समाचार