ईदका दिन जनता समाजवादी पार्टी ९जसपा०का नेता बाबुराम भट्टराईले हिन्दु धर्मको संस्कृती तथा परम्परामाथी आक्रमण गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा भारतको उत्तर प्रदेश( युपी) का मुख्यमन्त्री योगी आदित्यनाथको फोटो शेयर गर्दै भट्टराईले हिन्दुहरुको धार्मीक आस्था र परम्परामाथि प्रहार गरेका हुन् ।
गोरखनाथ मठका योगी समेत रहेका युपीका मुख्यमन्त्री आदित्यनाथले गंगामा दूध चढाउँदै गरेको फोटो सेयर गर्दै हिन्दू धार्मिक परम्परा र आस्थामाथी अपमान गर्दै चोट पुर्याएका हुन् ।
भट्टराईले ट्वीट गरेको फोटोको माथि लेखिएको छ , ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईंलाई दूध फालेर पिशाब पिउँन भन्छ ।’ नेता भट्टराईले फोटो सेयर गर्दै मेरा भारतीय सहपाठीहरुले गरेको प्रचार भन्दै लेखेका छन् ।
नेता भट्टराईको यो ट्विटमाथि प्रतिक्रिया दिँदै भारतीय जनता पार्टी ( बीजेपी) का विदेश विभागका प्रमुख डा=विजय चौथाईवालाले नेता भट्टराईलाई भनेका छन्, ‘तपाइँ र तपाइँका सहपाठीले ईदको अवसरमा हिन्दू धर्मको निष्ठा र रीतिथितिहरूको अपमान गरेको स्पष्ट छ ।