अनलाइन बजार दराजले सामसङ नेपालसँगको साझेदारीमा नयाँ ग्यालेक्सी एफ २२ को अग्रिम बुकिङ्ग सुरु गरेको छ। कम्पनीले ग्यालेक्सी एफ २२ को सार्वजनिकसँगै सामसङको एफ सिरिज नेपालमा पहिलोचोटि भित्र्याएको हो।
ग्राहकहरुको लागि दराज एपमार्फत नै ६ देखि ग्यालेक्सी एफ २२ को अग्रिम बुकिङ्ग गर्न सक्नेछन्। सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडियाटेक हिलियो जी–८० प्रोसेसोर छ।
दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको फोनमा ६.४ इन्चको एचडी इन्फिनिटी–यु सुपर आमोलेड डिस्प्ले रहेको छ। त्यो डिस्प्ले कोर्नारिङ गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित राखिएको छ।
ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरुलाई सरल डिजाइन दिनका साथ फोनलाई आफूअनुकूल बनाउन सकिने कम्पनीले जनाएको छ।
सुरक्षाको लागि फोनको छेउपट्टि फिंगर प्रिन्ट स्क्यानर र अगाडिको क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ।
फोनमा क्वाड क्यामेरा सेटअप रहेको छ। यसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी डेप्थ साथै एलईडी फ्ल्यास, पानारोमा र एचडी आरजस्ता अन्य फिचर्सहरु रहेको छ।
यो क्वाड सेटअपले सुन्दर तस्बिर र हाई रेजोलुसन भिडियोहरु खिच्न सरल रुपमा सम्भव हुने कम्पनीको दाबी छ। साथै, फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ जसबाट स्पष्ट र प्राकृतिक फोटोहरु सजिलैसँग खिच्न सकिन्छ।
यसबाहेक क्यामरामा फूड मोड, हाइपरल्याप्स, स्लो मोसन, एआर जोन र प्रो मोड रहेको कम्पनीले जनाएको छ। ९ गतेदेखि शिपिङका लागि उपलब्ध हुने फोन दराजले अहिले नेपालका ४७ भन्दा बढी सहरहरूमा डेलिभर गर्ने उल्लेख गरिएको छ।
दराजमार्फत यो फोन आफ्नो घरको ढोकामै मगाउन सकिनेछ। यसमा एक वर्षको ब्रान्ड वारन्टी, १४ दिन रिटर्न पोलिसी सुविधा उपलब्ध छ।
ग्यालक्सी एफ २२लाई दराजमार्फत शून्य प्रतिशत ब्याजमा ईएमआईमा पनि खरिद गर्न सक्नेछन्। ग्यालेक्सी दुई एफ २२ भेरिएन्टमा उपलब्ध छ। जसमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज,र ६ जीबी राम र १२ जीबी स्टोरेज छ।
४ जीबीको मूल्य २० हजार ४९९ रुपैयाँ र ६ जीबीको मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको ग्यालक्सी एफ २२ कालो र लाइट ब्लुमा उपलब्ध छ।
यसैगरी, दराज महाबचत बजारमा खरिद गरे थप छुटहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। महाबचत बजारमा कुनै पनि सामान खरिद गरे ग्राहकहरुले म्याक बुक प्रो १३ पनि जित्ने मौका पाउनेछन्।