आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।
मन्त्रिपरिषदको निर्णय अनुसार विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गर्दै लामो तथा छोटो दूरीको सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको विज्ञप्तिमा बताइएको छ ।
गत वैशाखमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै लामो तथा छोटो दूरीका सार्वजनिक यातायात बन्द भएका थिए ।
अब भने नेपालको जुनसुकै भूभागबाट पनि सजिलैसँग काठमाडौं उपत्यका प्रवेश गर्न पाइनेछ । यसभन्दा अगाडि उपत्यकामा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिन्थ्यो ।
यातायात व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा अपनाउनु पर्नेछ । प्रशासनले यात्रुहरूलाई टिकट लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।