स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जना गरी १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा यो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म पिसिआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ गरी कुल सात लाख ३३ हजार २६० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आइसियू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कुल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको छ ।
त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।