२४ घण्टामा २२३७ थपिए, देशभर २७ हजार २२८ संक्रमित


पछिल्लो २४ घण्टामा देशभर २२३७ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा १५३९ र एन्टिजेनमा ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १० हजार ५६९ पिसिआर परीक्षण गरिएको छ । ३२५६ एन्टिजेन परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ६ लाख ८० हजार ५५६ जना पुगेको छ। अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २०५० जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९७१३ पुगेको छ।


प्रकाशित मिति : २०७८ श्रावण १०, आईतवार

धेरै पढिएको

ताजा समाचार