नागोयामा दोश्रो नेपाल फेस्टिबलको तयारी तिब्र


जापानको राजधानी टोकियोमा १२ औँ नेपाल फेस्टिबल सम्पन्न भए संगै नेपालीहरुको बाक्लो जन-घनत्व रहेको नागोयामा पनि आगामी सेप्टेम्बर ३ र ४ मा दोश्रो नेपाल फेस्टिबलको तयारी तिब्र पारिएको छ। जापानीहरुलाई नेपालको मौलिक पहिचान सहित नेपालमा जापानी पर्यटकहरू बढाउन टिपिकल नेपाली खाना, पहिरन तथा सास्कृतिक प्रस्तुति गरिने गरि फेष्टिवल तयारी सुरु गरिएको हो। यस्तै फेष्टिवलमा नेपालको संस्कृतिबारेमा जानकारी दिने स्टलहरू समेत राखिने तयारी गरिएको छ।
यस्तै फेष्टिवलमा रेष्टुरेन्ट तथा व्यवसायीक गरि २७ वटा स्टल सहभागिता गराईने तयारी गरिएको नेपाल फेस्टिबल नागोयाका संयोजक दिपक कार्कीले जानकारी गराउनु भयो। सेप्टेम्बर ३ र ४ तारिक दुई दिन आयोजना हुने फेष्टिवलमा आदिवासी जनजाति सहित नेपाली कला सस्कृति झल्कले विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने तयारी गरिएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल सरकारका विशेष प्रतिनिधिहरु सहित जापान सरकार तथा नागोया लगायतका शहरका विशेष पदाधिकारीहरुलाई सहभागिता गराउने तयारी समेत गरिएको आयोजकले जनाएको छ। नागोयाको नाकाकु साकाई इडिओन हियासा स्वायर पार्कमा फेष्टिवल हुनेछ।


प्रकाशित मिति : २०७९ श्रावण १९, बिहीबार

धेरै पढिएको

ताजा समाचार