कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु


गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका ६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति : २०७९ भाद्र १०, शुक्रबार

धेरै पढिएको

ताजा समाचार