विश्वका ८ हजार थिएटरमा लाग्दै ब्रह्मास्त्र


करण जोहर प्रोडक्सनमा निर्माण भएको फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको अन्तिम घडीमा छ । फिल्मले सेप्टेम्बर २ बाट एडभान्स बुकिङ खुला गरिसकेको छ । टुडी, थ्रीडी र आइमेक्स थ्रीडी फम्र्याटमा फिल्म रिलिज हुँदै छ ।

डिज्नी स्टारको कन्ट्री मेनेजर तथा अध्यक्ष के माधवनका अनुसार फिल्म विश्वका ८ हजार स्क्रिनमा रिलिज हुँदै छ । भारतमा यो फिल्म ५ हजार र अन्य मुलुकमा ३ हजार पर्दामा रिलिज हुँदै छ । उनले बलिउडको इतिहासमा एकसाथ सर्वाधिक धेरै पर्दामा रिलिज हुने फिल्म रहेको बताए ।

स्टार स्टूडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाईट पिक्चर्सले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदै छ । फिल्ममा अमिताभ बच्चन, रणवीर कपुर, आलिया भट्ट, मौनी रोय र नागार्जुन अक्किनेनीलगायतको अभिनय छ । फिल्ममा अभिनेता शाहरुख खानकाे केमियो रहेकाे छ । एजेन्सी


प्रकाशित मिति : २०७९ भाद्र २०, सोमबार

धेरै पढिएको

ताजा समाचार