साफ यू-१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै


श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल आज हुने भएको छ ।

नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि भारतविरुद्धको खेलमा नेपाललाई सहज नहुने बताउनुहुन्छ ।


प्रकाशित मिति : २०७९ भाद्र २९, बुधबार

धेरै पढिएको

ताजा समाचार