असोजको सुरुवातमै हुम्लाको लिमीमा हिमपात, हिमाल सेताम्ये-अन्नवालीमासमेत क्षति


हिमाली पारीको गाउँको नामले चिनीने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमि सहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुईदिन लगातार पानी परेको थियो भने लिमी सहित अग्गा डाडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्ये देखिएका छन् ।

हिमपातले चिसो बढेसँगै लेकमा लगेका पशुवस्तु र गाईगोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौंरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । नाम्खा गाउँपालिका ६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । विहीबार राती देखि लगातर बर्षा हुँदा हुम्लाको उतरी लिमीका तिनवटै तिल, हल्जी र जाँङ्ग गाउँ एक्कासी हिमपात भएको स्थानीय तेन्जिननुर्वु लामाले बताउनुभयो । उहाँका अनुसार अविरल परेको हिमपातले अन्नवालीमा समेत क्षती गरेको बताउनुभयो ।

अबिरल बर्षा हुँदा बर्षको एक पटक पाक्ने बाली नाफल लगायतको अन्नपात नष्ट गरेको छ । जलवायु परिवर्तनका कारण यस नकारत्मक असरले फेरि यो वर्ष पनि लिमी बासीलाई सरकारी राहत माथी निर्भर हुन् बाध्यता परेको लामाले गुनासो पोख्नुभयो । हाल नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा लिमीमै भएकोले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने अध्यक्ष लामाले बताउनुभयो । उत्तरी हुम्लाको कार्तिक महिना अन्तिम साता देखि हिमपाता शुुरु हनु पर्नेमा यस पटक समयमा मौसम परिवर्तनकै कारण भदौं अन्तिम दिनमा हिउँ परेको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा चार इन्च हिउँ जमेकोे नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनुभयो । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल परिरहेका बर्षाले प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयलाई सतर्क रहन आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित मिति : २०७९ आश्विन २, आईतवार

धेरै पढिएको

ताजा समाचार