गोरखा १ बाट पर्यटन व्यवसायी राजेन्द्र बजगाईँ विजयी


गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनको उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । उनी पर्यटन व्यवसायीसमेत हुन् । यसअघि क्यासिनोमा लगानी गरेका बजगाईले हाल होटललगायतका क्षेत्रमा लगानी गरेका छन् ।

उनले नेकपा एमालेका रामशरण बस्नेतलाई हराउँदै जित निकाल्न सकेका हुन् । बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरे ।


प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार

धेरै पढिएको

ताजा समाचार