धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार, तारा बराललाई प्रहरीले लियो नियन्त्रणमा


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।

कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गर्नुभएको हो । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गर्नुभएको छ ।

जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गर्नुभएकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित मिति : २०७९ मंसिर २१, बुधबार

धेरै पढिएको

ताजा समाचार