आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन


सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

पोखरामा आज बिहान भएको यती एयरको एटीआर विमान दुर्घटनापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले उक्त निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

यात्रुका आफन्तलाई यकिन जानकारी दिन विमानस्थलमा कल सेन्टर स्थापना र आवश्यक सहजीकरणको व्यवस्था मिलाउने निर्णय पनि भएको उनले बताए ।

आन्तरिक उडानकै सबैभन्दा ठूलो दुर्घटना : किंगफिशरदेखि नोक एयरसम्मले उडाएका थिए यो विमान

दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली जनाउँदै मन्त्रिपरिषद् बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना जनाएको छ । विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको छ ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार

धेरै पढिएको

ताजा समाचार