विमान दुर्घटना : ६८ जनाको शव फेला, ११ जनाको सनाखत


सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ ।  गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

पोखरास्थित गण्डकी आस्पतालमा ६८  जनाको शव लगिसकिएको छ ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार

धेरै पढिएको

ताजा समाचार