राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय


नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘यसका लागि उम्मेदवारी दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौं ।’

बैठकमा विशेषगरी, आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रित भएरै छलफल भएको प्रवक्ता महतले बताए । समयमै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै उनले कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको बताए ।

‘कुनै कानुनी ऐनमा समस्या भए समयमै समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन हामीले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छौं’, महतले भने, ‘यसबारे निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराएका छौं।’

उनले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता महतले जानकारी दिए ।


प्रकाशित मिति : २०७९ माघ ९, सोमबार

धेरै पढिएको

ताजा समाचार