शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे तीन अर्बको कारोबार


शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे ३ अर्बको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १०।३७ अंकले बजार बढेको हो । ०।४८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१८३।६२ अंकमा उक्लिएको हो ।

आज २६१ कम्पनीका ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३ सय ३८।६४ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । ग्रीनलाइफ हाइड्रो, आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ र बलेफी हाइड्रोको शेयर मूल्य क्रमशः १०, १०, ९।९९, ९।९९ र ९।९८ प्रतिशतले बढेको हो ।

त्यसैगरी आरबीबी म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी ५।७० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नेशनल हाइड्रो पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

गत सोमबार बजार १३।७१ अंकले घट्दा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३।६९ रुपियाँ र हिजो मंगलबार ८।१४ अंकले बजार बढ्दा ३ अर्ब ३२ लाख ३० हजार ३९।४४ रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने सोनाम ल्होछारको बिदाका कारण बजार बन्द रहेको थियो ।


प्रकाशित मिति : २०७९ माघ ११, बुधबार

धेरै पढिएको

ताजा समाचार