लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको हो । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनबारे जानकारी दिएका हुन् ।
पौडेल पछिल्लो दुई महिनादेखि बिरामी थिए । रक्तअल्पत्ताबाट ग्रसित उनको उपचार चलिरहेको थियो । पछिल्लो समय भने उनी घरमा आराम गरिरहेका थिए ।
पौडेलको शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
लोकदोहोरी गायक भीम पौडेलको निधन

प्रकाशित मिति : २०७९ माघ १३, शुक्रबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal