जिल्ला प्रशासन कार्यालयबाट रविले लिए नेपाली नागरिकता


निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता पुनस् कायम भएको छ । लामिछाने आज नागरिकता पुनस् कायमको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।

लामिछानेको पुनस् नेपाली नागरिकता कायम गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका नागरिकता शाखाका प्रमुखसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनको वंशजकै नागरिकता पुनस् कायम भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनले मन्त्री र सांसद पद गुमाएका छन् ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । चितवन(२ बाट रविले दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।


प्रकाशित मिति : २०७९ माघ १५, आईतवार

धेरै पढिएको

ताजा समाचार