माओवादी स्थायी कमिटी बैठक बस्दै


सत्तारुढ नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण पटकपछटक सर्दै आएको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

माओवादी स्थायी कमिटी बैठक बुधबार र बिहीबार गरी तीनपटक बैठक सारिएको थियो ।

बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनलगायत विषयमा छलफल हुनेछ ।


प्रकाशित मिति : २०७९ माघ २०, शुक्रबार

धेरै पढिएको

ताजा समाचार