कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने


नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार नदिने निर्णय गरेको हो ।

निजी सचिव केशवराज जोशीले राष्ट्रिय उपाध्यक्ष पदको निर्वाचनमा सङ्घीय संसदमा रहेका विपक्षी दलहरुका नेताहरुसँगको छलफलमा उम्मेदवारी नदिने सल्लाह भए बमोजिम बैठकले उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए ।


प्रकाशित मिति : २०७९ माघ २२, आईतवार

धेरै पढिएको

ताजा समाचार