विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहनु भएको छ ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई गृहमन्त्री बनाउन इन्कार गरेसँगै सत्तारुढ गठबन्धनमा चिसोपना बढिरहेका बेला लामिछानेले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिनु भएको हो ।

सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा आइतबार नै पार्टीले निर्णय लिने उहाँले बताउनुभएको छ ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भए छ,’ फेसबुकमा लामिछानेले लेख्नुभएको छ ।


प्रकाशित मिति : २०७९ माघ २२, आईतवार

धेरै पढिएको

ताजा समाचार