नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाल कमर्श क्याम्पस (मीनभवन) क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।
शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए ।
स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा संस्थापनपक्षका विद्यार्थीको समूह गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका एक विद्यार्थी नेताले बताए ।
अहिले क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको छ ।