एमालेका कुमार दसौदी बने राष्ट्रियसभा सदस्य


लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित भएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेश राजधानी दाङस्थित घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चलेको थियो।

यो निर्वाचनमा ३०५ मतदाता थिए। जसमा एकजनाले मतदान गरेनन्।

यो उपनिर्वाचनमा एमालेका दसौदीसँगै कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम राय उम्मेदवार थिए।

पराजित कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मत ल्याउन सफल भए।


प्रकाशित मिति : २०७९ माघ २५, बुधबार

धेरै पढिएको

ताजा समाचार